काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पपुवा न्युगिनीले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ ।
दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा (८ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो ।
पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे ।
लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे ।
करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए ।