काठमाडौं । ज्ञानेन्द्र मल्ल र विक्रम सोबलाई बेन्चमा राख्दै नेपालले पीएनजीविरुद्धको प्लेईङ ११ घोषणा गरेको छ ।
युएईविरुद्ध खेलेका ज्ञानेन्द्र मल्ल र विक्रमलाई बेन्चमा राखेको हो ।
उनीहरुको स्थानमा आशिफ शेख र भिम सार्कीले मौका पाएका छन् ।
भिमको एकदिवसियमा डेब्यु खेल हो ।
नेपालले पीएनजीविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
नेपालको प्लेइङ ११ः
कप्तान सन्दीप लामिछाने, विनोद भण्डारी (विकेटकिपर), आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, पवन सर्राफ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, भिम सार्की र सोमपाल कामी ।