काठमाडौं । इंग्ल्यान्डको द हन्ड्रेड क्रिकेट प्रतियोगिताको पुरुषको ड्राफ्ट सरेको छ ।
अष्ट्रेलियन लेजेण्ड शेन वार्नको अन्त्येष्टि संस्कारलाई मध्येनजर गर्दै पुरुषको ड्राफ्ट सारिएको हो ।
अब पुरुषको ड्राफ्ट र महिलाको नयाँ खेलाडी अनुबन्ध अप्रिल ५ मा हुनेछ ।
शेन वार्नको अन्त्येष्टि भने मार्च ३० मा हुनेछ ।
वार्न गत सिजन लण्डन स्प्रिटको मुख्य प्रशिक्षक रहेका थिए ।
गत हप्ता हृदयघातको कारण वार्नको ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको थियो ।
लेजेण्ड लेग स्पिनर वार्नले अष्ट्रेलियाका लागि ७ सय ८ टेस्ट विकेट लिएका थिए । उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।