काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध नेपालका आरिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
आरिफले ८० बलमा २ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । आरिफको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।
यसअघि जारी खेलमा नेपालका रोहित कुमार पौडेलले समेत अर्धशतक पूरा गरेका थिए ।
खराब सुरुवात गरेको नेपाललाई रोहित र आरिफले शतकीय साझेदारी पुरा गर्दै राम्रो स्थितिमा पुर्याएका थिए ।