काठमाडौं । एकदिवसीय सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध लक्ष्य पछ्याइरहेको नेपालका ब्याटर आरिफ शेख र रोहित कुमार पौडेलले १ सय रनको साझेदारी पूरा गरेका छन् ।
ब्याटिङमा संघर्षरत नेपालले पाँचौं विकेटको लागि शतकीय साझेदारी पूरा गरेको हो । रोहित र आरिफले १ सय ३० बलमा १ सय रनको साझेदारी पूरा गरे । जारी खेलमा नेपालले कुनैपनि खेलाडीले राम्रो साझेदारी गर्न सकेका थिएनन् ।
नेपालले १५ औं ओभरमा ४२ रन बनाउँदा ४ विकेट गुमाए थियो । २६ ओभर २ बलमा ५० रनको साझेदारी पुरा गरेका रोहित र आरिफले ३६ ओभर ५ बलमा शतकीय साझेदारी पूरा गरे ।
खेलमा रोहित ५८ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित छन् भने आरिफ ४४ रनमा अर्धशतक नजिक छन् ।
यसअघि नेपालले ४ महत्वपूर्ण ४ विकेट सस्तैमा गुमाएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको तेस्रो सिरिजमा नेपालले सास्तीमा २ विकेट गुमाएको छ ।
ओपनर कुशल भुर्तेल मात्र १ रन बनाएर पेभिलियन फर्किंदा ज्ञानेन्द्र मल्ल ४ रन बनाएर आउट भए । जारी खेलमा नेपाल ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६ रन जोडेको छ ।
नेपालले दोस्रो ओभरको पहिलो बलमा विकेट गुमाएको थियो ।