काठमाडौं । एकदिवसीय सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध नेपालक रोहित कुमार पौडेलले अर्धशतक पूरा गरेका छन् ।
रोहितले ७१ बलमा ४ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।
रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा चौंथो अर्धशतक हो । पीएनजीविरुद्ध उनको यो दोस्रो अर्धशतक हो ।
यसअघि उनले पीएनजी, अमेरिका र यूएईविरुद्ध अर्धशतक प्रहार गरिसकेका छन् ।
अर्धशतकसँगै रोहितले ज्ञानेन्द्र मल्लसँग सर्वाधिक अर्धशतक प्रहार गर्ने कीर्तिमान बराबरी गरेका छन् ।