काठमाडौं । एकदिवसीय सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध लक्ष्य पछ्याइरहेको नेपालका ब्याटर आरिफ शेख र रोहित कुमार पौडेलले ५० रनको साझेदारी पूरा गरेका छन् ।
ब्याटिङमा संघर्षरत नेपालले पाँचौं विकेटको लागि अर्धशतकीय साझेदारी पूरा गरेको हो ।
आरिफ र रोहितले १२ ओभरमा ५० रनको साझेदारी पूरा गरे । जारी खेलमा नेपालले यसअघि कुनैपनि विकेटको लागि ५० रनको साझेदारी गर्न सेकन ।
नेपालले १५ औं ओभरमा ४२ रन बनाउँदा ४ विकेट गुमाएको थियो । २६ ओभर २ बलमा ५० रनको साझेदारी पूरा गरे । खेलमा आरिफ ४१ बलमा २४ रन तथा रोहित ५८ बलमा ४२ रन बनाएर खेलिरहेका छन् ।
यसअघि नेपालले ४ महत्वपूर्ण ४ विकेट सस्तैमा गुमाएको थियो ।