काठमाडौं । महिला विश्वकप क्रिकेटमा भारतले दोस्रो हार व्यहोरेको छ ।
बुधबार भएको खेलमा इंग्ल्यान्डसँग ४ विकेटले पराजित भएपछि भारतले दोस्रो हार व्यहोरेको हो ।
न्युजिल्याण्डको माउण्ट माउनगानुमा १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३१ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डकी कप्तान हिथर नाइटले अविजित ५३ रनको अर्धशतकीय इनिङ खेलिन् ।
यस्तै नाट सिभरले ४५ रन जोड्दा सोफिया डङक्लले १७ तथा यमी जोन्सले १० रनको योगदान गरिन् । भारतकी मेग्हना सिंहले ३ विकेट हात पारिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३६ ओभर २ बलमा मात्र १ सय ३६ रन बनाउँदा अलआउट भयो ।
भारतकी स्मृति मन्धनाले सर्वाधिक ३५ रन बनाउँदा रिचा घोसले ३३, झुलन ग्वास्वामीले २० तथा हर्मनप्रित कौरले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
भारतलाई सस्तैमा समेट्न इंग्ल्यान्डकी चार्ली डिनले ४ विकेट लिइन् ।
४ खेलमा २ जित निकाल्दै भारत ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
समान खेलमा समान अंक रहेको इंग्ल्यान्ड नेट रनरेटका कारण छैठौं स्थानमा रहेको छ ।