काठमाडौं । नेपाली बाँया हाते स्पिनर सागर ढकालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
सागरले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा प्लेइङ-११ मा स्थान बनाउँदै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।
सागर एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने नेपालका २८ औं खेलाडी बनेका छन् ।
सागरले नेपालको लागि टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालको लागि २ खेल खेलिसकेका छन् ।