काठमाडौं । पूर्व ब्याट्सम्यान नुर उल हक मालिकजाइ अफगानिस्तान क्रिकेट टिमको खेलाडी छनोट समितिको प्रमुखमा नियुक्त भएका छन् ।
अफगानिस्तान क्रिकेट बोर्डले नुरलाई खेलाडी छनोट समितिको प्रमुख नियुक्त गरिएको जनाएको छ ।
यस अघि उनले ३ महिना भन्दा बढी अस्थायी रुपमा छनोट समितिमा काम गरेका थिए ।
नुरले अफगानिस्तानका लागि २ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका थिए ।
यस्तै अफगानिस्तानका लागि उनले दुई पटक यू-१९ विश्वकप खेलेका थिए ।
नुरले १८ फास्ट क्लास, १२ लिस्ट र ८ टी-ट्वान्टी खेलेका छन् ।