काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट ए अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ दि म्याच चुनिएका छन् ।
ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराएको खेलमा सन्दीप प्लेयर अफ दि म्याच चुनिएका हुन् ।
क्यानडाविरुद्ध लेग स्पिनर सन्दीपले १२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिएका थिए ।
क्यानडालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।
छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।
ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । क्यानडा र फिलिपिन्स बाहिरिएको छ।