काठमाडौं । इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर ग्यारी ब्यालेन्सले अजिम रफिकलाई जातीय भाषा प्र्रयोग गरेको भन्दै आफूलाई पश्चाताप भएको बताएका छन् ।
ब्यालेन्सले हेडिङलीमा हुँदा आफ्ना पूर्व योर्कशायर कन्टी क्रिकेट क्लबका साथी रफिकलाई जातीय भाषा प्रयोग गरेका थिए ।
ब्यालेन्सले रफिकलाई गरेको जातीय भाषा प्रयोगप्रति आफूलाई पश्चाताप भएको जनाए ।
इंग्ल्यान्डका लागि २३ टेस्ट खेलेका ब्यालेन्सले रफिक क्रिकेटमा आफ्नो सबैभन्दा राम्रो साथी रहेको तथा आफूहरुले मैदानमा एकअर्काको समर्थन गर्ने गरेको बताए ।
गत वर्षको सेप्टेम्बरमा एक अन्र्तवार्ताका क्रममा रफिकले योर्कशायर क्लबमा संस्थागत नस्लवाद रहेको र त्यसले गर्दा आफूलाई मृत्युको नजिक पुर्याएको बताएका थिए ।
उक्त भनाईपछि क्लबले छानविन समेत गरेको थियो ।
यसै वर्षको सेप्टेम्बरमा योर्कशायरले प्रतिवेदनको निष्कर्षहरु सार्वजनिक गरेको थियो जसमा रफिक जातीय उत्पीडन र धम्कीको शिकार भएको उल्लेख गरेको थियो ।