काठमाडौं । अष्ट्रेलिया क्रिकेट टिमका पूर्व खेलाडी एलन डेभिडसनको निधन भएको छ ।
पूर्व अलराउण्डर डेभिडसनको शनिबार ९२ वर्षको उमेरमा निधन भएको हो ।
डेभिडसनले १९५३ देखि १९६३ सम्म अष्ट्रेलियाका लागि खेलेका थिए ।
डेभिडसनले अष्ट्रेलियाका लागि ४४ टेस्टमा १ सय ८६ विकेट लिएका थिए ।
जसमा डेभिडसनले १३ सय २८ रन जोडेका थिए ।
डेभिडसनले १ सय ९३ फस्ट क्लास क्रिकेटमा ६ हजार बढी रन बनाएका थिए ।