काठमाडौं । श्रीलंकाले युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
आबुधाबीमा बुधबार राति आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंकाले लगातार दोस्रो जित निकालेको हो ।
श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।
आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए ।
यस्तै कर्टिस क्याम्फरले २४ रन जोड्दा आउट भए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
आयरल्याण्डलाई सस्तैम समेट्न श्रीलंकाका महेश थिकसानाले ३ विकेट लिए । लाहिरु कुमारा र चामिका करुनारत्नेले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।
श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै अर्धशतकीय इनिङ्स खेलेका पाथुम निशान्काले ६१ रन बनाए । कप्तान डसुन शनकाले अविजित २१ रन बनाए ।
आयरल्याण्डका जोस लिट्टलले ४ विकेट लिए । मार्क एडीयरले २ तथा पाउल स्ट्रर्लिङले १ विकेट लिए ।
यस जितसँगै श्रीलंकाले सुपर १२ स्थान पक्का गरेको छ ।
पहिलो चरणको समूह ए मा रहेको श्रीलंकाले २ खेलमा ४ अंक जोडेको छ ।
श्रीलंका समूहको शीर्ष स्थानमा रहेको छ ।
आयरल्याण्ड २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
आयरल्याण्डको पनि सुपर १२ मा पुग्ने सम्भावना कायम छ ।
यस अघि पहिलो खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हराएको थियो ।
यस्तै आयरल्यान्डले पनि नेदरल्यान्ड्सलाई ७ विकेटले नै हराएको थियो ।
यस समूहबाट नेदरल्यान्ड्स भने बाहिरिएको छ ।