काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछन् ।
ओमान र युएईमा जारी विश्वकपको पहिलो चरण अन्तर्गत बुधबार समूह ‘ए’ का दुई खेल हुनेछन् ।
आबुधाबीस्थित शेख जायद स्टेडियममा हुने पहिलो खेलमा नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
आज नेदरल्यान्ड्स र नामिबिया पहिलो जितको खोजीमा रहेका छन् ।
पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्स आयरल्यान्डसँग ७ विकेटले नै पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा श्रीलंका र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेल राति ७:४५ बजे सुरु हुनेछ ।
आज श्रीलंका र आयरल्यान्ड दुबै टोली दोस्रो जितको खोजीमा हुने छन् । दुबै टिम यस खेल जित्दै सुपर १२ को यात्रा सहज बनाउने योजनामा रहने छन् ।
चार टोली रहेको यस समूहबाट दुई टोली सुपर १२ मा प्रवेश गर्ने छन् ।