काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले अजीजुल्लाह फाजलीलाई अध्यक्षमा नियुक्त गरेको छ ।
बोर्डले आइतबार फाजलीलाई अध्यक्ष नियुक्त गरिएको जनाएको छ ।
बोर्डले फाजलीको नेतृत्वमा अफगानी टोलीले पाकिस्तान र श्रीलंकासँग सिरिज खेल्ने जनाएको छ ।
फाजली दोस्रो पटक अध्यक्ष चयन भएका हुन् ।
यस अघि फाजलीले २०१८ देखि १९ सम्म अध्यक्ष भएर काम गरिसकेका थिए ।