एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट दर्शकसहितको रंगशालामा आयोजना हुने भएको छ ।
पाकिस्तान सरकारले पीएसएलको नयाँ सिजनमा दर्शकलाई रंगशाला प्रवेशको लागि अनुमति दिएको छ ।
कोरोना भाईरसको महामारीको कारण यस अघिका प्रतियोगिता बन्द रंगशालामा आयोजना हुँदै आईरहेको छ ।
तर, पाकिस्तानको नेसनल कमाण्ड एण्ड अप्रेसन सेन्टर (एनसीओसी) ले पीएसएलको नयाँ सिजन सिमित दर्शकलाई मैदान प्रवेशको अनुमति दिएको हो ।
पाकिस्तानको फ्रेन्चाईच लिग फेब्रुअरी २० बाट सुरु हुँदैछ ।
एनसीओसीले रंगशालाको दर्शक क्षमताको २० प्रतिशतलाई मैदान पुगेर खेल हेर्न अनुमति दिएको छ ।
जसअनुसार कराचीमा ७ हजार ५ सय दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने छन् ।
यस्तै लाहोरमा ५ हजार ५ सय दर्शकले मैदानमा प्रवेश पाउने छन् ।
प्ले अफ र फाइनलमा भने मैदान प्रवेश पाउने दर्शकको संख्या बढाईने बताईएको छ ।
त्यसको लागि पाकिस्तान क्रिकेट बोर्डले एनसीओसीसँग गरिरहेको छ ।