एजेन्सी । इंग्ल्याण्डका क्रिकेटर जेम्स एन्डरसनले हाल आफ्नो सन्यास लिने समय नभएको बताएका छन् । टेस्ट म्याचको इतिहासमा सबै भन्दा धेरै विकेट लिने फास्ट बलर बनेको उनी अहिले सन्यास लिने समय नभएको बताएका हुन्।
सन् २००३ मा जिम्वावेबिरुद्धको खेलबाट आफ्नो टेस्ट करियर शुरुवात गरेका उनले आफ्नो पहिलो ओभरमा १७ रन खर्चेका थिए ।
एन्डरसनले सोहि खेलमा जिम्बावेका मार्क आन्द्रोलाई आउटपनि गरेका थिए ।
न्डरसनको टेस्ट म्याचको करियरमा हाल सम्म ५ सय ६४ विकेट लिईसकेका छन् ।
टेस्ट म्याचमा सबैभन्दा बढी विकेट लिने खेलाडीमा भने मुथैया मुरलीधरन छन् । उनले ८०० विकेट लिएका छन् ।
एन्डरसनले भने “साच्चिकै मैले सन्यासको बारेमा सोचेको छैन, मैले आफुले सकेको जति खेल्छु, म त्यसमै ध्यान दिइरहेको छु, कि मैले जिवनमा के उपलब्धि गरेको छु । त्यसैले म यो भन्दा पछि श्रीलंकासंग हुने खेलको बारेमा सोचिरहेको छु, म यसैको तयारिमा छु ।”