काठमाडौं । भारतमा जारी एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ४० रनले पराजित भएको छ । भारतीय यु–१९ 'बि' ले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४१ ओभरमा १२१ रनमा अल आउट भयो ।
आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगिताको पहिलो खेल खेलेको हो ।
पहिले ब्याटिङ गरेको भारतीय यु–१९ 'बि' टोलीले ४९ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो । काम्रण इकबालको सर्वाधिक ५० रनको योगदानमा भारतले सो योगफल तयार पारेको थियो ।
एकना अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपालकालागि कमल ऐरीले सर्वाधिक ३ विकेट लिए ।
त्यस्तै पवन सराफले २ तथा किशोर महतो, संसाद आलम र सागर ढकालले समान १–१ विकेट लिए ।