एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ओमानका क्रिकेटर युसुफ अब्दुलरहिम अल बालुशीलाई ७ वर्षको प्रतिबन्ध लगाएको छ ।
आईसीसीको भ्रष्टाचार विरोधी नियम उलंघन गरेको भन्दै युसुफलाई क्रिकेटमा ७ वर्षको प्रतिबन्ध लगाईएको हो । प्रतिबन्धसँगै युसुफले ७ वर्ष क्रिकेटको कुनैपनि गतिविधिमा सामेल हुन पाउने छैनन् ।
आईसीसीले युसुफलाई गत जनवरीमै निलम्बन गरेको थियो । आईसीसीले थप अनुसन्धान गरेपछि उनलाई लामो समयको प्रतिबन्ध गरिएको हो ।
दुबईमा सन् २०१९ मा भएको आईसीसी टी-ट्वान्टी विश्वकप कप ग्लोबल छनोटमा युसुफले भ्रष्टाचार विरोधी नियम उलंघन गरेको बताईएको छ ।
युसुफले समेत आफुले नियम उलंघन गरेको स्वीकार गरेको आईसीसीले जनाएको छ ।