• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
उसु
  • गृहपृष्ठ
  • उसु
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण
64x64
मगलवार, मंसिर १७, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् ।

थाउलोको चवाङक्वाङमा विजयले ९.४८ अंक हासिल गर्दै स्वर्ण जिते । बंगलादेशका मोहमद उमरले ९.३४ अंकका साथ रजत र भारतका अन्जुलले ९.१६ अंक बटुल्दै कांस्यमा सीमित भए ।

महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारिन् । सुस्मिताले ९.४४ अंक जोड्दै स्वर्ण जितिन् । रजत जितेका श्रीलंकाका पीएचजी वत्सलाले ८.८५ अंक जोडिन् भने कांस्य पदकमा सीमित भएकी बंगलादेशकी नुर बेहर बेगमले ७.५९ अंक मात्रै जोड्न सकिन् ।

मंगलबार भएको नानछ्वानमा नेपालका दीपक हमालले ९.७० अंकका साथ शीर्ष स्थान हात पारेका छन् । उनलाई नेपालका साजन लामाले ९.६१ अंकका साथ पछ्याउँदा बंगलादेशका मोहमद आमिर हुसेनले ८.८७, पाकिस्तानका मोहमद दावदले ८.४८ र श्रीलंकाका चासिथ हेमन्थ्स् कुमाराले ७.५२ अंक जोडेका छन् । उनीहरुले बुधबार नानगुनका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी महिला नानक्वानमा नेपालकी नीमा घर्तीमगरले ९.३१ अंक जोड्दै शीर्ष स्थान हासिल गरेकी छन् । उनलाई बंगलादेशकी मोर्जिना अख्तरले ८.८० र श्रीलंकाकी सन्जु कुमारीले ७.६१ अंकका साथ पछ्याइरहेका छन् ।

यसैगरी थाउलोकै पुरुष ताइचीछुवानमा श्रीलंकाका थारिुदु नमल अनुरथ ९.६९ अंकका साथ शीर्ष स्थानमा छन् । भारतका ज्ञानदास सिंहले ९.५९, नेपालका हरिप्रसाद गोलेले ९.४४ र बंगलादेशका मोहमद बिप्लोप रुद्रले ९.२५ अंक जोडेका छन् ।

महिला ताइचिछुवानमा पनि श्रीलंकाकी एमएलडीटीएस गुणशेखरा शीर्ष स्थानमा छिन् । उनले ९.२४ अंक जोड्दा नेपालकी मीना घलानले ९.१७ अंक बटुलेकी छन् । यस स्पर्धामा बंगलादेशकी दीप्ति दासले ८.७५ र पाकिस्तानकी समरिन अल्ताफले ६.७५ अंक जोडेकी छन् ।

यसैगरी सान्डाको महिला ५२ केजीमा नेपालकी अलिना चौधरी सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले बंगलादेशकी फमिन्दा तबासुम लिमलाई अंकका आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् । महिलाकै ५६ केजीमा भारतकी विद्यापति चानुले पाकिस्तानकी रुक्सना हनिफलाई अंकका आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन् ।

सान्डाको महिलाकै ६० केजीको सिंगल राउन्ड रोबिनमा भारतकी रोसिविना देवीले बंगलादेशकी रीताविश्वास पूजालाई नकआउट गरिन् । महिलाकै ७० केजीको राउन्ड रोबिनमा नेपालकी विन्दा पुन बंगलादेशकी बासुना खन्दोकरलाई नकआउट गर्दै अघिल्लो चरणमा स्थान बनाइन् ।

सान्डाकै पुरुष ५६ केजी तौल समूहको प्रतिस्पर्धामा भारतका उचित शर्माले फाइनलमा स्थान बनाए । उनले क्वार्टरफाइनलमा नेपालका अमर सुनारलाई अंकका आधारमा पराजित गरे । पुरुषकै ६० केजीमा भारतका विक्रान्त बलियानले पाकिस्तानका अब्दुल्लाहलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । ७० केजी तौल समूहमा भने श्रीलंकाका रुमेशले सेमिफाइनलमा स्थान बनाए । उनले बंगलादेशका मोहमद लिटन अलीलाई अंकका आधारमा पराजित गरे ।

पुरुषको ८५ केजी तौल समूहको राउन्ड रोबिन लिगमा पाकिस्तानका मोहमद अम्जद इक्वालले विजय हासिल गरे । उनले नेपालका किरण साउदलाई अंकका आधारमा पराजित गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागका स्वर्णधारी विजय सम्मानित 
दैवले ठगेको 'त्याे' स्वर्ण
उसुमा नेपालकी जुनीलाई स्वर्ण
उसु विवाद : भारतद्वारा पदक बहिस्कार
उसुमा नेपालकी निमालाई स्वर्ण
खेलाडी पदक लिन नआएपछि.....
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP