एजेन्सी । ईङ्ल्याण्ड महिला विश्वकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा नर्वेलाई ३–० गोल अन्तरले पराजित गर्दै ईङ्ल्याण्ड प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।
पहिलो हाफमै दुई गोलको अग्रता लिएको ईङ्ल्याण्डले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।
खेलको तेस्रो मिनेटमै जिल स्काउटको गोलबाट ईङ्ल्याण्डले अग्रता बनाएको थियो । ४० औ मिनेटमा एलेन ह्वाईटले ईङलिस टिमको अग्रता दोब्बर पारेकी थिईन् ।
५७ औ मिनेटमा लुसी ब्रोन्जले गोल गर्दै ईङ्ल्याण्डको जित निश्चित गरिन् । ईङ्लिस टोलीले थप एक पेनाल्टीमा गोल गर्ने अवसर गुमायो ।
कप्तान स्टीफ ह्युटनलाई फल गरेपछि ईङ्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । तर निकिता पारिसको प्रहारलाई नर्वेले गोलकिपरले उत्कृष्ट ढङ्गले बचाउ गरेकी थिईन् ।
ईङ्ल्याण्डले अब फाईनल प्रवेशका लागि फ्रान्स र अमेरिकाबीचको विजेतासंग खेल्नेछ ।