काठमाडौं । बिरगंज युनाईटेड सहिद स्मारक 'सी' डिभिजन लिगमा बढुवा भएको छ ।
'सी' डिभिजन लिग छनोट अन्तर्गत बिहिबार भएको अन्तिम खेलमा स्पोर्ट्स एकेडमीलाई ३-१ गोल अन्तरले पराजित गर्दै बिरगंज बढुवा भएको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिरगंजलाई जित दिलाउन चतुर धन चौधरी, उज्वल लोप्चन श्रेष्ठ,सब्बीर चौधरीले एक एक गोल गरे । स्पोर्ट्स एकेडमीका कमल देउवाले एक गोल फर्काए ।
बिरगंज बढुवा भएसँगै 'सी' डिभिजनमा बढुवा हुने तीनै क्लबको टुंगो लागेको छ । यसअघि दुई क्लब झापा फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बढुवा भईसकेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको छनोटमा ३८ टिमले सहभागिता जनाएका थिए ।

