सोमबार, ०२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकप क्रिकेटका बिर्सन नसकिने खेलहरु

मंगलबार, १४ जेठ २०७६खेलपाटी संवाददाता
विश्वकप क्रिकेटका बिर्सन नसकिने खेलहरु
Loading ad...
mustang rice ad

एजेन्सी । सन् १९७५ बाट सुरु भएको आईसीसी विश्वकप क्रिकेटले १२ औं संस्करण बिहिबारबाट सुरु हुँदैछ ।

क्रिकेटको कुम्भमेला विश्वकप इंग्ल्यान्ड र वेल्समा हुनेछ । जसमा विभिन्न १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकपका लागि सहभागी सबै टोलीले अन्तिम तयारी गरिरहेका छन् । सहभागी सबै टोली उपाधि उचाल्ने लक्ष्यसहित इंग्ल्याण्ड पुगिसकेका छन् ।

यस संस्करणको विश्वकपमा उत्कृष्ट खेलहरु देखिने अनुमान गरिएको छ । किनकी अघिल्लो संस्करणमा पनि केहि उत्कृष्ट खेलहरु भएको थियो ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अघिल्ला विश्वकपमा भएका उत्कृष्ट खेलहरुको सूची तयार गरेको छ । जुन १० खेलहरु यस प्रकार रहेका छन् ।

51257 Cricket World Cup Final 1975

अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिका - सन् १९९९ सेमिफाइनल

अन्तिम ओभरमा ९ रन आवश्यक । लाग्दै थियो दक्षिण अफ्रिकाले फाइनल यात्रा गर्नेछ तर सोचे अनुरुप नतिजा निस्केन ।

सौन पोलकले ३६ रन खर्चेर ५ विकेट हात पारेपछि अष्ट्रेलियाले २ सय १३ रनमा रोकियो । जोण्टी रोड्स र ज्याक कालिसले अफ्रिकाको इनिङस सम्हालेको खेलमा अन्तिम रन आवश्यक रहेको बेला मात्र एक विकेट बाँकी रहयो ।

लेन्स क्लुन्सेरले बललाई मिडअफतर्फ धकेली दिए । तर, एलन डोनाल्डले चाँडो रन लिन गरेको आह्वान नसुन्दा उनी रन आउट हुन पुगे र खेल अष्ट्रेलियाको पक्षमा गयो ।

Australia v South Africa 1999 semi-final

इंगल्याण्डविरुद्ध आयरल्याण्ड - सन् २०११

विश्वकप इतिहासमा कुनै पनि थ्रिलर खेल सम्झदा केभिन ओ ब्राइनको नाम मानसपटल आउँछ । पहिलो इनिङसमा इंगल्याण्डले ८ विकेटको क्षतिमा ३ सय २७ रन बनाउन सफल भयो । इंगल्याण्डले दिएको यति ठुलो लक्ष्य कुनै राष्ट्रले भेट्टाउन सकेको थिएन ।

मात्र १ सय ६ रनमा ४ विकेट गुमाएको आयरल्याण्डको खेल सम्हाल्न केभिन मैदान प्रवेश गरे । अघिल्लो ९ खेलमा अर्धशतक समेत बनाउन नसकेका उनले सो खेलमा १३ चौका र ६ छक्का प्रहार गर्दै मात्र ६३ बलमा शतक प्रहार गरे । विश्वकपमा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका उनले टेस्ट राष्ट्र माथि एतिहासिक जित समेत दिलाउन सफल रहे ।

76010 England v Ireland: Group B - 2011 ICC World Cup
भारतविरुद्ध इंगल्याण्ड - सन् २०११

खेलमा रोमाञ्चक त तब हुन्छ जब दुवै टिमले खेल जित्न सक्दैनन् । सन् २०११ मा भएको विश्वकपमा घरेलु टोली भारतविरुद्ध इंगल्याण्डले बराबरी खेल्यो ।

टस जितेर ब्याटिङ गरको भारतले सचिन तेन्दुलकरको शतकीय इनिङ्समा ३ सय ३९ रनको लक्ष्य प्रस्तुत गर्यो । जवाफी ब्याटिङ गरेको इंगल्याण्डलाई २ विकेट बाँकी रहँदा अन्तिम ओभरमा १४ रन आवश्यक पर्यो । तर, इंग्ल्याण्डका खेलाडीले १३ रन मात्र बनाउन सक्दा खेल बराबरीमा सकियो ।

73614 India v England: Group B - 2011 ICC World Cup

भारतविरुद्ध जिम्बाबे - सन् १९८३

भारतले पहिलो विश्वकप जित्नुअघि, जिम्बाबेसंग उत्कृष्ट खेल प्रस्तुत गरेको थियो ।

प्रमुख ५ खेलाडीलाई मात्र १७ रनमा गुमाएको थियो । नाजुक स्थितिमा भारतलाई २४ बर्षे कप्तान कपिल देवले १ सय ७५ रनको इनिङस खेल्दै सम्मानजनक स्कोर खडा गरे । जिम्बाबेलाई भारतले २ सय ६७ रनको लक्ष्य प्रस्तुत गर्यो ।

बलिङमा मदन लाल र कपिल देवले निकै कसिलो बलिङ गर्दा भारतले खेल आफ्नो पक्षमा पार्यो । यस संस्करणको विश्वकप भारतले जितेको थियो ।

अस्ट्रेलियाविरुद्ध भारत - सन् १९८७

घरेलु भूमिमा भएको विश्वकपमा आफ्नो समर्थकको मन जित्ने सुनौलो अवसर भारतलाई थियो । पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्ने भारतको चाहनालाई अष्ट्रेलियाले निराश बनाईदिएको थियो ।

दर्शकले खचाखच भरिएको खेलमा जिओफ मार्सको १ सय १० रनको इनिङसमा भारतलाई २ सय ७० रनको लक्ष्य प्रस्तुत गर्यो । भारतका नबजोत सिंह सिद्धु र कृष्णमाचरी श्रीकान्तले बाहेक अन्य खेलाडीले सम्झन योग्य इनिङ्स खेल्न नसक्दा भारत १ रनले पराजित भयो ।

भारतविरुद्ध वेष्ट इण्डिज - सन् १९८३

३६ बर्ष अघि भएको विश्वकपको कम स्कोरको फाइनल खेल समर्थकका लागि निकै खास छ । अझ भारतीयका लागि । दुई पटकको विश्व विजेता वेष्ट इण्डिजले स्विङ बलिङको मद्दतमा भारतलाई स्तब्ध पारिदियो । उसका लागि एन्डी रोबर्ट्सले १० ओभरमा ३२ रन खर्चेर ३ विकेट हात पारेका थिए ।

तर, भारतले दिएको १ सय ८४ रनको सामान्य लक्ष्य पछ्याएको वेष्ट इण्डिज मात्र १ सय ४० रन बनाउँदा अलआउट हुन पुग्यो । उसले आफ्नो मुख्य खेलाडी सर भिभ रिचार्ड्सलाई ३३ रनमा गुमाएको थियो । र, दुई संस्करणमा २ उपाधि हात पारेको वेष्ट इण्डिजको उपाधि यात्रामा पुर्णबिराम लागेको थियो ।

अस्ट्रेलियाविरुद्ध वेष्ट इण्डिज - सन् १९९६

विश्व क्रिकेटमा राज गरिरहेको वेष्ट इण्डिजलाई पहिलो पटक अष्ट्रेलियाले पराजित गर्न सफल भएको थियो । अष्ट्रेलियाले ५ संस्करणमा ३ फाइनल खेलेको वेष्ट इण्डिजलाई सो बर्ष सेमिफाइनलमा रोक्न सफल भयो ।

वेष्ट इण्डिजका रिची रिचार्ड्सनले कसिलो बलिङ गर्दा अष्ट्रेलियाले १५ रनमा ४ विकेट गुमाएको थियो । तर, स्टुवार्ट ल र मिचेल बिभनको उत्कृष्ट इनिङ्समा अष्ट्रेलियाले २ सय ७ रन बनाउन सफल भयो ।

उत्कृष्ट सुरुवात गरेको वेष्ट इण्डिजले १ सय ६५ रन बनाउदा मात्र २ विकेट गुमाएको थियो । लगत्तै २९ रनको लागि वेष्ट इण्डिजले ७ विकेट गुमाएपछि अष्ट्रेलिया ९ बर्षपछि फाइनल पुग्न सफल भएको थियो ।

भारतबिरुद्ध पाकिस्तान - सन् २००३

भारत र पाकिस्तानको खेल सधैं रोमान्चक हुन्छ । सन् २००३ को विश्वकपमा साइद अनवरको शतकमा पाकिस्तानले २ सय ७३ रनको लक्ष्य प्रस्तुत गर्यो । सचिन तेन्दुलकरले पुन: एक पटक एकदिवसीयमा आफ्नो उत्कृष्ट इनिङस खेल्दै भारतलाई जित दिलाए ।

तर,सो खेललाई थुप्रै समर्थकले सोयब अख्तरको बलिङका कारण सम्झने गरेका छन् जसले सचिनलाई ९८ रनमा आउट गरेका थिए ।

Tendulkar's first century came in his second tournament in 1996, where he scored 127* against Kenya

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित