२८ सेकेन्डमा सावित्राकाे गोल ! दोस्रो गोल १६ मिनेटमा
सोमबार, २३ बैशाख २०७६खेलपाटी संवाददाता

काठमाडौं । हिरो भारतीय महिला लिगको डेब्यु खेलमा नेपालकी सावित्रा भण्डारी चम्किएकी छिन् ।
सेथु फुटबल क्लबबाट भारतीय लिगमा डेब्यु गरेकी उनले पहिलो हाफको खेल चलिरहदाँ दुई गोल गरेकी छिन् ।
खेल सुरु भएको २८ औ सेकेन्डमा पहिलो गोल गरेकी उनले १६ औ मिनेटमा दोस्रो गोल थपेकी हुन् ।
मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्व मैदान उत्रिएको सेथुका लागि पहिलो खेलमै सावित्रा चम्किएकी छिन् ।
यस्तै क्लबले सावित्रालाई आफ्नो ट्रेडमार्क ९ नम्बरको जर्सी दिएको छ ।
सावित्राले राष्ट्रिय टिम र घरेलु लिगमा ९ नम्बरको जर्सी लगाउने गरेकी थिईन् ।
नेपालकी अर्की खेलाडी अनिता बस्नेत भने बैकल्पिक खेलाडीका रुपमा रहेकी छिन् ।












-1765539955299.jpeg&w=3840&q=75)
