उसुमा यमराज र जीवन क्वाटरफाइनलमा
शनिबार, बैशाख ७, २०७६खेलपाटी संवाददाता
नेपालगंज । त्रिभुवन आर्मी क्लबका यमराज थापा मगर र सुदूरपश्चिमका जीवन रोक्का मगरले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १४ औं राष्ट्रिय उसुको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
शुक्रबार सान्सौंको पुरुष ५२ केजीमा यमराजले गण्डकी प्रदेशका सुनिल लाई पराजित गरे । यस्तै ५६ केजीमा जीवनले कर्णालीका बसन्त शाहीलाई पराजित गरे । पुरुष ५६ केजीमै प्रदेश २ का बिक्रम शाहले क्वाटरफाइनलमा स्थान बनाए ।
यस्तै पुरुष ६५ केजीमा एपीएफका सन्जिब महर्जन,७० केजीमा गण्डकीका योगेन्द्र थापा,प्रदेश ५ का रुद्र प्रसाद सारु,७५ केजीमा कर्णालीका भरत कुमार राना र ८० केजीमा शंकर घर्तिमगरले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
महिलातर्फ ५२ केजीमा सुदूरपश्चिमकी गौरी घर्तिमगर र ६० केजीमा प्रदेश १ की तारादेवी राईले क्वाटरफाइनलमा स्थान बनाएकी छिन् ।












-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)