शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

नेपालले सिधै विश्वकप छनोटको दोस्रो चरण खेल्ने

शुक्रबार, २९ चैत्र २०७५खेलपाटी संवाददाता
नेपालले सिधै विश्वकप छनोटको दोस्रो चरण खेल्ने
Classic Tech Internet Ad

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्ने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्न पाएको हो ।

यहिँ अप्रिल महिनाको नयाँ वरीयतामा ४६ एसियाली राष्ट्रमध्ये शीर्ष ३४ मा अटाएपछि नेपालले दोस्रो चरण खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एसियाली फुटबल महासंघ एएफसीले दोस्रो चरणको छनोटबारे नेपाललाई जानकारी गराईसकेको एन्फाका मिडिया अधिकृत आयुस खड्काले खेलपाटीलाई जानकारी गराए ।

'एएफसीले समूह विभाजन अघिको मेकानिजमबारे एन्फालाई जानकारी गराएको छ । नेपालले एएफसीको शीर्ष ३४ मा परेपछि सिधै दोस्रो चरण खेल्ने मौका पाएको हो,' मिडिया अधिकृत खड्काले भने ।

फिफाले गत अप्रिल ४ मा निकालेको वरीयतामा नेपाल १६१ औं स्थानमा रहेको थियो । उक्त वरीयता अनुसार नेपाल एएफसी वरीयताको ३४ औं स्थान रहन सफल भएको थियो ।

एन्फाका मिडिया अधिकृत खड्काको अनुसार एएफसी वरीयताको ३५ देखि ४६ औं स्थानको राष्ट्रले भने पहिलो चरणको प्ले अफ खेल्ने छन् । आगामी जुनमा हुने पहिलो चरणको प्ले अफबाट ६ टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

दोस्रो चरणको छनोटमा शीर्ष ३४ र प्ले अफबाट आएका ६ गरी ४० टोलीले प्रतिस्पर्धा गर्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाईने दोस्रो चरणको छनोट सेप्टेम्बरमा हुनेछ ।

सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न पाएको हो । नेपालले सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो ।

दक्षिण एसियाली राष्ट्रबाट ३ टोलीले मात्र सिधै दोस्रो चरणमा स्थान बनाएका छन् । नेपालसहित भारत र माल्दिभ्सले सिधै दोस्रो चरणको छनोट खेल्ने छन् ।

दोस्रो चरणमा छनोट हुने राष्ट्रहरु :

इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, युएई, साउदी अरेबिया, चीन, इराक, सिरिया, उज्वेकिस्तान, लेबनान, ओमान, किर्गिस्थान, जोर्डन, भियतनाम, प्यालेस्टाइन, भारत, बहराइन, थाइल्याण्ड, ताजकिस्तान, उत्तर कोरिया,फिलिपिन्स, चाइनिज ताइपे, तुर्केमिनिस्तान,म्यानमार, हङकङ,यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, इन्डोनेसिया, सिंगापुर,  नेपाल

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

Bajaj Pulsar Motorcycle Ad
एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने