राष्ट्रिय टोलीमा रबी पासवानको डेब्यु
शुक्रबार, ०८ चैत्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । युवा मिडफिल्डर रबी पासवानले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।
कुवेतविरुद्ध अहिले जारी पहिलो मैत्रीपुर्ण खेलमा मैदान उत्रदै रबीले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
नेपाल पुलिस क्लबका रबी खेलको ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरे ।
कुवेतविरुद्ध नेपाली टोलीमा डेब्यु गर्ने रबी दोस्रो खेलाडी हुन् । यस खेलबाटै अजित भण्डारीले नेपाली टोलीमा डेब्यु गरेका थिए ।












-1765539955299.jpeg&w=3840&q=75)
