स्पेनिस सुपर कपमा चार टोली, स्पेन बाहिर खेलाइने
बुधबार, फागुन ८, २०७५खेलपाटी संवाददाता
एजेन्सी । स्पेनिस सुपर कप फुटबल अब नयाँ ढाँचामा खेलाइने भएको छ ।
रोयल स्पेनिस फुटबल फेडेरेसनले स्पेनिस सुपर कपको ढाँचा परिवर्तन गर्दै सहभागी टोली बढाउने र स्पेन बाहिर खेल खेलाउने अवधारणा अघि सारेको छ ।
नयाँ ढाँचा अनुसार स्पेनिस सुपर कपमा अब ला लिगाको विजेता र उपविजेता तथा कोपा डेल रेको फाइनल पुग्ने दुई टोलीले खेल्नेछन् । यसअघि सुपर लिगमा लिग विजेता र कोपा डेल रे विजेताबीच प्रतिस्पर्धा हुँदै आएको थियो ।
रोयल स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबिएल्सले नयाँ ढाँचाले प्रतियोगिता अझ रोमान्चक हुने बताएका छन् ।






-1761464835584.webp&w=3840&q=75)


copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761446241647.webp&w=3840&q=75)
