बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

बुधबार, १६ पौष २०८२खेलपाटी संवाददाता
आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !
Classic Tech Internet Ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दीर्घबहादुर केसी ‘कुमार’ कार्यसमिति बैठक छाडेर हिँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक जारी छ। बैठकलले आगामी २८ माघमा नयाँ कार्यसमितिका लागि चुनाव गर्न निर्णय माइनोट गरेको छ।

यसैबारे असन्तुष्टि जनाउँदै केसी बैठक छाडेर हिँडेका हुन्। बैठकमा सहभागी एक सदस्यका अनुसार अर्ली इलेक्सनमा जाँदा फुटबलप्रति नकरात्मक सन्देश जाने भन्दै उनले आपत्ति जनाएका थिए।

‘उहाँले अर्ली इलेक्सनमा जाँदा राम्रो सन्देश नजाने कुरा उठाउनुभयो। यसले गर्दा फुटबलमा भन्दा पनि बाहिर पब्लिकसामु आफूहरू जबाफदेही हुनुपर्ने कुरा उठाउनु भएको थियो। तर, बहुमत सदस्यले चुनावको प्रस्ताव पारित गरेपछि उहाँ उठेर हिँड्नु भएको हो,’ ती सदस्यले खेलपाटीसँग भने।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले साधारण सभासम्बन्धी अजेन्डा समेट्दै बुधबार एन्फा कार्यसमिति बैठक बोलाएका थिए।

बैठकमा साधारण सभा तथा निर्वाचनसम्बन्धी अजेन्डालाई मुख्य रूपमा समावेश गरिएको थियो।

एन्फाको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल २०८३ साल असार ६ गते सकिँदैछ। एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा अधिकतम ६ महिनासम्म कार्यकाल थप गर्न सकिने प्रावधान थियो।

नियमित निर्वाचन गर्ने समयमै सन् २०२६ को विश्वकप फुटबल आयोजना हुने भएकाले एन्फा माघ मै अर्ली इलेक्सनको बाटो रोजिएको हो।

जिल्ला र क्लब तहमा राम्रो पकड रहेको वर्तमान नेतृत्वले कुनै अध्यावधिक नगरी पुरानै सदस्यलाई समेट्दै चुनावमा होमिने निर्णय गरेको छ।

यद्यपि, पुन: एन्फामा फर्किने रणनीति साथ अर्ली इलेक्सन गर्न खोजेको आरोप पनि नेम्वाङ नेतृत्वमाथि थुप्रिँदै आइरहेको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकप फुटबलअघि चुनाव गर्दा त्यसको लाभ लिन सकिने अनुमान पनि गरिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड

Bajaj Pulsar Motorcycle Ad
आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड

कमजोर डिफेन्सले डुब्यो चेल्सी

कमजोर डिफेन्सले डुब्यो चेल्सी

लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस