रोमाञ्चक बन्यो लन्डन डर्बी

काठमाडौं। प्रिमियर लिगको रोमाञ्चक लन्डन डर्बीमा चेल्सी र आर्सनल १–१ गोलको बराबरीमा रोकिएका छन्।
एक खेलाडी कम भएर पनि चेल्सीले उत्कृष्ट प्रदर्शन गर्यो र महत्त्वपूर्ण एक अंक जोगाउन सफल भयो। योसँगै शीर्ष स्थानमा रहेको आर्सनलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ मा पुर्याउने मौका गुमायो।
चेल्सीले भने सिटीलाई उछिन्ने मौका गुमायो। १३ खेलबाट आर्सनलको ३० अंक छ। समान खेलबाट सिटीको २५ र चेल्सीको २४ अंक छ।
खेलको ३८औं मिनेटमै चेल्सीका मोइसेस कैसिडो रातो कार्ड खाँदा घरेलु टोली १० खेलाडीमा झर्यो।
संख्यात्मक रूपमा पछाडि परे पनि चेल्सीले अनुसासित खेलको प्रदर्शन गर्यो।
१० खेलाडीमा झरेपछि पनि चेल्सीले दोस्रो हाफको सुरुआतमै अग्रता लियो। ४८औं मिनेटमा ट्रेभो चलोबाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए।
तर, आर्सनलले प्रतिकार गरिरहेकै थियो। ५९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याए।
बाँकी समयमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल भने थप हुन सकेन।







-1764553584985.webp&w=3840&q=75)




-1764506941728.png&w=3840&q=75)