• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
१४ सहरलाई ‘होम ग्राउन्ड’ बनाउने एन्फाको प्रस्ताव
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
१४ सहरलाई ‘होम ग्राउन्ड’ बनाउने एन्फाको प्रस्ताव

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले १४ सहरलाई ‘होम ग्राउन्ड’ बनाउने प्रस्ताव अघि सारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न बैठकमा एन्फा महासचिव किरण राईले ‘ए’ डिभिजन लिगलाई आगामी पुस ९ गतेदेखि सुरु गर्ने प्रस्ताव गर्दै यसपटकको संस्करणलाई ‘होम एन्ड अवे’ प्रणालीमा लैजाने योजना राखेका हुन्।

यसअनुसार काठमाडौं उपत्यकामा मात्र लिग सीमित नहुने भएका छन्। बरु १४ वटा सहरलाई क्लबहरूको आधिकारिक होम ग्राउन्डका रूपमा निर्धारण गरेर लिग सञ्चालन गर्ने तयारी एन्फाले गरेको छ। क्लबहरूले आफ्ना समर्थकहरूलाई आफ्नै होम ग्राउन्डमा स्वागत गर्ने अवसर पाउनेछन्। 

चर्च ब्वाइज युनाइटेडका अध्यक्ष रुवेन राईका अनुसार खेलको तयारी खर्च एन्फाले उपलब्ध नगराउने तर टिकट बिक्री र आम्दानी भने सम्बन्धित क्लबले आफैं संकलन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

‘पहिला तयारी खर्च भनेर एन्फाले दिँदै आएको थियो। तर, उक्त तयारी खर्च पनि एक वर्षपछि पाइने अवस्था थियो। अहिले भने त्यसलाई नै चेन्ज गरेर अर्को शीर्षकमा क्लबलाई पैसा दिन लागिएको हो,’ उनले खेलपाटीसँग भने।

पोखराबाट सुरु भएको ‘आउट–भ्याली लिग’
नेपाली फुटबलको इतिहास हेर्दा उपत्यकाबाहिर लिग लैजाने पहिलो प्रयास तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको पालामा भएको थियो।

त्यतिखेर मनाङ मर्स्याङ्दी क्लबले आफ्नो घरेलु मैदान पोखरा रंगशालामा विभागीय टोली नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज क्लब र च्यासल क्लबसँग तीन खेल खेलेको थियो। सो समयमा पोखरामा पहिलोपटक ‘ए’ डिभिजन लिगका खेलहरू आयोजना गरिएको थियो, जसलाई नेपाली फुटबलमा नयाँ प्रयोगको रूपमा लिइएको थियो।

त्यसयता उपत्यकाबाहिर लिग विस्तार गर्ने चर्चा भए पनि त्यो निरन्तरता भने पाउन सकेको थिएन। यो पृष्ठभूमिमा एन्फाले यसपटक १४ सहरमा क्लबहरूको होम ग्राउन्ड तोक्ने प्रस्तावलाई रुवेनले ऐतिहासिक कदमका रूपमा लिएका छन्।

यसले स्थानीय स्तरमा फुटबललाई जनस्तरसम्म पुर्‍याउने र आफ्ना समर्थकसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने अवसर दिने उनले बताए।

‘हामी झापाको प्रतिनिधित्व गर्छौं। हाम्रोमा १० हजार समर्थक अट्ने मैदान छ। तर, लिग त्यहाँ हुँदैन। कार्य व्यस्तताका कारण झापाबाट चर्च ब्वाइजको खेल हेर्न आउन समर्थकलाई मिल्ने अवस्था पनि थिएन। तर, यसपल्ट झापामै हाम्रो खेल भयो भने हामी आफ्ना समर्थकसँग जोडिन पाउँछौं,’ उनी भन्छन्।

बैठकमा सहभागी क्लब प्रतिनिधिहरूले एन्फाको प्रस्तावलाई सकारात्मक रूपमा लिए पनि व्यवहारिक चुनौतीहरूको बारेमा प्रश्न उठाएका छन्। विशेषगरी होम ग्राउन्डको स्तरोन्नति, सुरक्षा व्यवस्था, दर्शक व्यवस्थापन र खेलको टेलिभिजन प्रसारणमा प्राविधिक स्पष्टता आवश्यक रहेको उनीहरूको भनाइ छ।

यसैका लागि एन्फाले आगामी भदौ ३१ गते विशेष कार्यशाला आयोजना गर्ने र त्यहाँ क्लब तथा एन्फाबीच संयुक्त रूपमा विस्तृत मोडालिटी तय गर्ने सहमति भएको छ।

नेपाली फुटबलमा वर्षौं देखिँदै आएको समस्या त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन मैदानमा मात्रै खेल सीमित हुनु र क्लबहरू आर्थिक रूपमा घाटामा जानु हो।

होम एण्ड अवे मोडल लागू भएमा दर्शकलाई आफ्नै सहरमै खेल हेर्ने अवसर मिल्नेछ, क्लबहरूलाई टिकट बिक्रीमार्फत आम्दानी बढाउने मौका हुनेछ र लिगको प्रतिस्पर्धात्मक स्तर पनि उकासिने अपेक्षा छ। तर, यसका लागि क्लबहरूले भ्रमण खर्च, पूर्वाधार सुधार र खेल मापदण्ड सुनिश्चित गर्नुपर्ने चुनौती भने उस्तै रहनेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेस्रो भएर फर्कियो नेपाल
तेस्रो भएर फर्कियो नेपाल
लिग्स कपको फाइनलमा मियामी पराजित
लिग्स कपको फाइनलमा मियामी पराजित
यमलको पेनाल्टी गोल, गार्सियाको सानदार बचाउमा बार्सिलोना जोगियो
यमलको पेनाल्टी गोल, गार्सियाको सानदार बचाउमा बार्सिलोना जोगियो
इत्तिहादको जितमा प्रीतिको गोल
इत्तिहादको जितमा प्रीतिको गोल
एपिएफको पोस्टमा अल–नासारको आधा दर्जन गोल
एपिएफको पोस्टमा अल–नासारको आधा दर्जन गोल
भुटानसँग बराबरी खेल्दै नेपालले सक्कायो साफ
भुटानसँग बराबरी खेल्दै नेपालले सक्कायो साफ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो भएर फर्कियो नेपाल
तेस्रो भएर फर्कियो नेपाल
लिग्स कपको फाइनलमा मियामी पराजित
लिग्स कपको फाइनलमा मियामी पराजित
१४ सहरलाई ‘होम ग्राउन्ड’ बनाउने एन्फाको प्रस्ताव
१४ सहरलाई ‘होम ग्राउन्ड’ बनाउने एन्फाको प्रस्ताव
यमलको पेनाल्टी गोल, गार्सियाको सानदार बचाउमा बार्सिलोना जोगियो
यमलको पेनाल्टी गोल, गार्सियाको सानदार बचाउमा बार्सिलोना जोगियो
इत्तिहादको जितमा प्रीतिको गोल
इत्तिहादको जितमा प्रीतिको गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP