नेपाली यु–२३ टोलीको कप्तानी आयुषले गर्ने
शनिबार, भदौ १४, २०८२खेलपाटी संवाददाता
काठमाडौं। नेपाली यु–२३ टोलीको कप्तानी विंगर आयुष घलानले गर्ने भएका छन्।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले उनलाई एएफसी यु–२३ एसियन कप छनोट खेल्न टोलीको कप्तानी जिम्मेवारी सुम्पिएका हुन्। यसअघि आयुषले विभिन्न उमेर समूहमा नेपालको कप्तानी गरिसकेका छन्।
प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म ताजकिस्तानमा हुने तय छ। नेपाल समूह ‘के’ मा छ। यो समूहमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स छन्।
नेपालले सेप्टेम्बर ३ मा घरेलु टोली ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी, सेप्टेम्बर ६ मा सिरिया र ९ मा फिलिपिन्सलाई चुनौती प्रस्तुत गर्नेछ।







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)