विवादास्पद खेलमा चेल्सी विजयी

काठमाडौं। चेल्सीले शनिबार प्रिमियर लिगमा पश्चिम लन्डन प्रतिद्वन्द्वी फुलहमलाई २–० ले हराउँदा विवादास्पद रेफ्री निर्णयहरूबाट लाभ उठाएको देखियो।
पहिलो हाफको इन्जुरी समयमा जोआओ पेद्रोले कर्नरबाट हेडिङ गर्दै चेल्सीलाई अग्रता दिलाए। कम्तीमा आठ मिनेटको अतिरिक्त समय तोकिएको खेलमा नवौं मिनेटमा आएको यो गोलले फुलहमका प्रशिक्षक मारको सिल्भालाई अझै रिसाउने बनायो।
उनको रिस अझ बढाउने अर्को घटना खेलको २१औं मिनेटमा सिर्जना भएको थियो। जोश किङले गरेको फुलहमको गोल भीएआर समीक्षापछि रद्द गरिएको थियो। समीक्षा अनुसार बिल्डअपको क्रममा रोड्रिगो मुनीजले चेल्सी डिफेन्डर त्रेवो चालोबाहको खुट्टामा टेकेका थिए।
दोस्रो हाफको सुरुआतमै चेल्सीलाई हातले बल छोएको भन्दै रयान सेसेन्योनविरुद्ध पेनाल्टी दिइँदा सिल्भा व्यंग्यात्मक रूपमा हाँसे। भीएआर समीक्षा प्रक्रियाले बिल्डअपमा जोआओ पेद्रोको सम्भावित धक्का र ह्यान्डबल दुवै देखाएको थियो।
लामो चेकजाँच पछि जोआओ पेद्रोको गोलका लागि कर्नर पठाएका एन्जो फर्नान्डेजले ५६औं मिनेटमा पेनाल्टी सफलतापूर्वक प्रहार गरे।
यससँगै चेल्सीले नयाँ सिजनका पहिलो तीन खेलबाट सम्भावित ९ अंकमध्ये ७ अंक जोडेको छ भने फुलहम अझै जितविहीन छ।







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)