तीन वरिष्ठ सदस्यलाई आरसीटीको सम्मान
शनिबार, भदौ १४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्ना तीन विशिष्ट सदस्यलाई सम्मान गरेको छ।
क्लबको २०औं साधारण सभाका अवसरमा क्लबसँगै नेपाली फुटबलमा पुर्याउने भएको योगदानका लागि ज्ञानेन्द्ररत्न तुलाधर, सर्वज्ञरत्न तुलाधर र पूर्वराष्ट्रिय खेलाडी नरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरेको हो।
६ पल्टको सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेता आरसीटीले आफ्ना वरिष्ठ सदस्यलाई बर्सेनी सम्मान गर्दै आएको छ।







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)