काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सुमन श्रेष्ठ माल्दिभ्सको शीर्ष श्रेणीको क्लब ओडीआई स्पोर्ट्स क्लबमा अनुबन्ध भएका छन्।
उनी यसै सिजनदेखि माल्दिभ्सको घरेलु लिग धिवेही प्रिमियर लिगमा नयाँ क्लबका लागि मैदान उत्रिने भएका हुन्।
ओडीआई स्पोर्ट्स क्लबले यस सिजनको लागि सुमनसँग सम्झौता गरेको जनाएको छ। क्लबलाई डिफेन्स लाइन मजबुत बनाउन उनको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।
२५ वर्षीय सुमनले नेपाली राष्ट्रिय टोलीका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिसकेका छन्। उनी यसअघि देशभित्र विभिन्न क्लबका लागि पनि खेलेका थिए।