काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले किरण राईको संयोजकत्वमा साफ च्याम्पियनसिपको प्रचार प्रसार समिति गठन गरेको छ । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको प्रचार प्रसारका लागि एन्फाले राईको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।
प्रतियोगिता पुर्वी नेपालको विराटनगरमा फागुन २८ बाट ८ गतेसम्म सञ्चालन हुदैछ ।
एन्फाका प्रवक्ता समेत रहेका राईको संयोजकत्वमा गठन गरिएको समितिमा दामोदर भट्टराई सह संयोजक रहेका छन् । समितिको सदस्यमा किशोरलाल अमात्य, देशराज कटवाल, अभयकुमार राई, विनु तिमिल्सिना, डेबिट बस्नेत, गोकुल पराजुली, किशोर बुढाथोकी छन् ।
त्यस्तै आयुश खड्का, रितेश श्रेष्ठ, रोहित कोईराला, दिपक श्रेष्ठ, बिनेस बस्नेत र प्रभाकर थापालाई समेत १५ सदस्यीय टोलीमा समावेश गरिएको छ ।
प्रतियोगिताका सबै खेल विराटनगरको सहिद रंगशालामा हुनेछ । नेपाल समूह ए मा परेको छ ।
नेपालले समुह चरणको पहिलो खेलमा भुटानसंग खेल्नेछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दा अन्तिम खेलमा बंगलादेशसंग खेल्नेछ ।