ऐतिहासिक सिरिज विजेता नेपाली टोली भोली स्वदेश फर्कने
आइतबार, २० माघ २०७५खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार (भोली) स्वदेश फर्कने भएका छन् ।
नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीका अनुसार नेपाली टोली सोमबार अपरान्ह नेपाल आईपुग्ने कार्यक्रम रहेको छ । नेपाली टोली फ्लाई दुबई विमानबाट अपरान्ह ३:२० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।
युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज समान २-१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो ।
नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज समेत रह्यो । नेपालले पहिलो पटक एकदिवसीय र टी-ट्वान्टी सिरिज पहिलो पटक जितेको थियो ।








-1765459389194.jpeg&w=3840&q=75)




-1765539955299.jpeg&w=3840&q=75)
