काठमाडौं। रोहितकुमार पौडेलको कप्तानीमा आइसिसी क्रिकेट विश्वकप लिग २ खेल्ने अन्तिम टोली घोषणा भएको छ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले शनिबार लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणका लागि १५ सदस्सीय अन्तिम टोली घोषणा गरेका हुन्।
टोलीमा बसिर अहमद र नन्दन यादवले पुनरागमन गरेका छन्। टिममा दीपेन्द्रसिंह ऐरीले उपकप्तानी जिम्मेवारी पाएका छन्। विकेटकिपरद्वय आसिफ शेख र अनिलकुमार शाह अटाएका छन्।
आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, गुलशनकुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा छन्।
नेपालले २ जुन र ८ जुनमा स्कटल्यान्डसँग खेल्ने छ। यस्तै, ४ जुन र १० जुनमा नेदरल्यान्ड्ससँग खेल्ने तय छ।