काठमाडौं। जुन २० देखि इङ्ग्ल्यान्डमा सुरु हुने पाँच टेस्टको ठूलो सिरिजअघि विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारी गरेका छन्।
उनले उक्त जानकारी बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)लाई गराएका छन्।
यो सिरिजकमा उनी टोलीको हिस्सा हुने विश्वास गरिएको छ। कोहलीले पछिल्लो एक महिनादेखि बिसिसिआईका अधिकारीहरूसँग यस विषयमा छलफल गरिरहेका थिए।
यदि आफ्नो मन परिवर्तन गरेनन् भने उनले १४ वर्ष लामो सानदार करियरको अन्त्य गर्नेछन्। उनले १२३ टेस्ट खेलेका छन्। ६८ खेलमा कप्तानी गरेका छन्। ४६.८५ को औसतमा ९ हजार २३० रन बनाए।
पछिल्ला समयमा टेस्ट क्रिकेटमा उनको प्रदर्शन खास रहेको छैन। नोभेम्बर २०२४ मा पर्थ टेस्टमा उनले अविजित १०० रन बनाएका थिए। यो जुलाई २०२३ पछि (पोर्ट अफ स्पेनमा वेस्ट इन्डिजविरुद्ध) उनको पहिलो टेस्ट शतक थियो। २०१९ मा पुणेमा दक्षिण अफ्रिकाविरुद्ध करियरकै उत्कृष्ट २५४ रन बनाएपछि उनको औसत ५५.१० थियो , जुन पछिल्लो २४ महिनामा ३२.५६ मा झरेको छ।