काठमाडौं। एसियन यु–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट हुन सफल सात खेलाडीले श्रीलंकाको राजधानी कोलम्बोमा बैशाख २९ देखि जेठ १० गते (मे १२–२४,२०२५) सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुने भएका हुन्।
२८ देशका २७० जना खेलाडी सहभागी हुने प्रतियोगितामा भाग लिन खेलाडी तथा अफिसियल शुक्रबार कोलम्बो जाने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भाण्डारीले जानकारी दिए।
सहभागी खेलाडीमा ५२ केजी तौल समुहमा रोशनी घलान, ६० केजीमा नारिका राई ८१ केजीमाथि त्रिशा जबेगु छन् । यस्तै, ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा अर्पिल राना, ५७ केजीमा सिंहवीर लिम्बू, र ६० केजीमा छिरिङ वांदी शेर्पा छन् । यस्तै प्रशिक्षकमा सुजितकुमार पुनमगर, रेफ्रीमा सन्तोष आलेमगर र व्यवस्थापकमा मानबहादुर भण्डारी रहेका छन् ।