काठमाडौं। सनराइजर्स हैदराबाद आइपिएलको यस सिजनमा प्लेअफ दौडमा पछाडि परेको छ।
गुजरात टाइटन्ससँग हैदराबाद ३८ रनले पराजित भएको हो। हैदराबादले १० मध्ये ७ खेल हारेको छ भने गुजरातले सिजनमा आफ्नो सातौं जित दर्ता गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ।
हैदराबादले नरेन्द्र मोदी रंगशालामा बलिङ गर्ने निर्णय गर्यो। गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन बनायो। जवाफमा हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो।
गुजरातका कप्तान शुभमन गिलले ७६ रन बनाए। जोस बटलर ६४ रन बनाएर आउट भए। साई सुदर्शनले ४८ रनको इनिङ्स खेले।
जयदेव उनाडकटले तीन विकेट लिए। हैदराबादका लागि अभिषेक शर्माले ७४ रन, हेनरिक क्लासेनले २३ रन बनाए। मोहम्मद सिराज र प्रसिद्ध कृष्णले दुई-दुई विकेट लिए।