नेपाली टोलीले बेलायतमा अभ्यास खेल खेल्ने
शुक्रबार, बैशाख १९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले बेलायतको स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार स्टकल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ अघि नेपालले बेलायतको स्थानीय टोलीसँग अभ्यास खेल खेल्न लागेको हो।
यो तेस्रो चरणको तयारी क्याम्पको रूपमा लिइएको क्यानले जनाएको छ। त्यसैले नेपाली टोलीले १४ देखि २६ मे सम्म बेलायतको भ्रमण गर्न लागेको हो।
क्यान प्रवक्ता छुम्बी लामाका अनुसार भ्रमण अवधिमा नेपाली टोलीले स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेल खेल्नेछ। सँगै प्रशिक्षण क्याम्प पनि रहने लामाले जानकारी दिए।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

