• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एक दिन ‘शतकवीर’, अर्को दिन ‘डक’
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख १९, २०८२ खेलपाटी संवाददाता
एक दिन ‘शतकवीर’, अर्को दिन ‘डक’

काठमाडौं। राजस्थान रोयल्सका १४ वर्षीय ब्याटिङ सनसनी वैभव सूर्यवंशीले विगत खेलमा बनाएको ऐतिहासिक शतकपछि आइपिएलको बिहीबारको खेलमा क्रिकेटको अनिश्चितता कस्तो हुन्छ भन्ने अनुभव गरे।

गुजरात टाइटन्सविरुद्ध सोमबार ३८ बलमा १०१ रन बनाउँदै पुरुष टी-२० क्रिकेटमा सबैभन्दा कान्छो शतक बनाउने खेलाडी बनेका सूर्यवंशी मुम्बई इन्डियन्सविरुद्धको खेलमा भने दुई बलमै डकमा आउट भए।

राजस्थानका प्रशिक्षक राहुल द्रविड़ले वैभवको प्रशंसा वा आलोचना गर्दा सतर्क रहन सुझाव दिएका थिए। कारण स्पष्ट थियो– किशोर खेलाडीका लागि सफलता र असफलता दुवै सिकाइका हिस्सा हुन्छन्। यो भविष्यवाणी सही साबित भयो।

२१८ रनको लक्ष्य पछ्याउँदै राजस्थानका ओपनर सूर्यवंशीले दोस्रो बलमै मिड अन क्षेत्र पार गर्न प्रयास गरे। तर, दीपक चाहरको डेलिभरीमा उनी विल ज्याक्सद्वारा सर्कलको किनारमै क्याच भए। जयपुरमा उपस्थित घरेलु दर्शक स्तब्ध भए।

‘जसरी उनको प्रशिक्षकले भनेका छन्, उसले सफलता मात्र होइन, असफलता पनि आत्मसात गर्न सिक्नुपर्छ,’  जब वैभव निराश मुद्रामा ब्याट हेर्दै पवेलियनतर्फ फर्किँदै थिए कमेन्टेटर इयान बिशपले भने।

सूर्यवंशी मात्र होइन, उनको विकेटसँगै राजस्थानको ब्याटिङ लाइनअप पूर्णरूपमा धराशायी भयो। ट्रेन्ट बोल्टले तीन विकेट लिए। जसप्रीत बुमराहले दुई विकेट र कर्ण शर्माले तीन विकेट लिँदा मुम्बईले राजस्थानलाई १०० रनले पराजित गर्‍यो। यो मुम्बईको लगातार छैटौं जित हो।

यस जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आठौं स्थानमा रहेको राजस्थान प्लेअफ सम्भावनाबाट बाहिरिएको छ। सूर्यवंशीका लागि यो खेल एउटा महत्त्वपूर्ण पाठ भएको छ– क्रिकेटमा एक दिन नायक, अर्को दिन साधारण बन्न सकिन्छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
डेब्यु खेलमा चल्न सकेनन् किरण
डेब्यु खेलमा चल्न सकेनन् किरण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP