पुथुरले आइपिएल गुमाउने, रघु भित्रिए मुम्बईमा
शुक्रबार, बैशाख १९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। मुम्बई इन्डियन्सका बायाँ हाते स्पिनर विग्नेश पुथुर दुवै आइपिएलबाट बाहिरिएका छन्। मुम्बईले पुथुरको विकल्पको रूपमा अनक्याप्ड लेग स्पिनर रघु शर्मालाई अनुबन्ध गरेको छ।
पुथुरले यस सिजनको सुरुमा चेन्नई सुपर किंग्सविरुद्ध तीन विकेट लिएर अविस्मरणीय डेब्यू गरेका थिए। समग्रमा उनले पाँच खेलमा ६ विकेट लिएका छन्। उनको इकोनोमी रेट ९.०८ थियो।
३२ वर्षीय रघु मुम्बईको नेट बलर थिए। उनले ३० लाख भारु पाउने छन्। पुथुर जस्तै यो उनको पहिलो आइपिएल हुनेछ।
उनले घरेलु क्रिकेटमा पञ्जाब र पुडुचेरीको प्रतिनिधित्व गरेका छन्। ११ प्रथम श्रेणी खेलमा उनले १९.५९ को औसतमा ५७ विकेट लिएका छन्। उनले नौ लिस्ट ए खेलमा १४ विकेट र तीन टी–२० खेलमा तीन विकेट लिएका छन्।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

