अभ्यास खेलमा दिल्लीसँग नेपाल पराजित

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ।
मंगलबार सम्पन्न खेलमा दिल्ली ११ रनले विजयी भएको हो। दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४२ रन मात्रै बनाउन सक्यो।
नेपालकी कविता कुँवरले सर्वाधिक ५० रन बनाइन्। अविजित रहेकी उनले ४८ बलमा ६ चौका र एक छक्का प्रहार गरिन्।
ओपनर सम्झना खड्काले ४९ बलमा ६ चौका र एक छक्कासहित ५० रन बनाइन्। कप्तान इन्दु बर्मा १६ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
दिल्लीकी प्रिया मिश्रले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन्। मालिका खत्री र मधु धामाको नाममा समान एक विकेट रह्यो।
त्यसअघि पालम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५३ रन बनाएको थियो।
दिल्लीकी प्रिया पुनियाले सर्वाधिक ५६ रन बनाइन्। ५० बल खेलेकी उनले सात चौका र एक छक्का प्रहार गरिन्। नज्मा खान २६, स्वेता सेहरावत १५ र उपसना यादव १४ रनमा आउट हुँदा आयुषी सोनी ३२ रनमा अविजित रहिन्।
नेपालकी राजमती ऐरीले सर्वाधिक दुई विकेट लिइन्। तीन ओभर बलिङ गरेकी उनले २९ रन खर्चिइन्। पूजा महतो र इन्दु बर्माको नाममा समान एक विकेट रह्यो।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

