कोशीसँग पुलिस पराजित

विराटनगर। कोशी प्रदेशले तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा जित हात पारेको छ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समूह बी अन्तर्गतको पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गरेको हो। जितपछि कोशीले दुई अंक जोडेको छ।
टस हारेर ब्याटिङ गरेको कोशीले ५० ओभरको खेलमा २९.३ बलमा सबै विकेट गुमाई ९३ रनको सामान्य योगफल खडा गरेको थियो। कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन केनन्।
पुलिसका सुनिल दौल्यानले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिँदा विपिन कार्की र चित्र विष्टले २–२ विकेट लिए।
जवाफमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४.५ बलमा सबै विकेट ५६ रनमा सीमित भयो। पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन्। कोशीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा १५ रन दिएर ५ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट दिए।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

