आर्मी फाइनलमा
सोमबार, बैशाख १५, २०८२खेलपाटी संवाददाता

विराटनगर। त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको समूह ए अन्तर्गतको अन्तिम लिग खेलमा आर्मीले बागमती प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो।
लगातार दुई खेलमा जित हात पार्दै आर्मीले फाइनलको यात्रा गरेको हो। पहिलो खेलमा एपिएफलाई तीन विकेटले पराजित गरेको थियो। जितसँगै आमीले चार अंक जोडेको छ।
एपिएफले दुई खेलमा एक जित र एकमा हारसहित दुई अंककासाथ दोस्रो स्थानमा रहँदा बागमती खेलेको दुवै खेलमा पराजित हुँदै अंकविहीन भयो।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

