मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

राहुलको अर्धशतक, लखनऊमाथि दिल्लीको सानदार जित

मंगलबार, ०९ बैशाख २०८२खेलपाटी संवाददाता
राहुलको अर्धशतक, लखनऊमाथि दिल्लीको सानदार जित
mustang rice ad

काठमाडौं। केएल राहुल र अभिषेक पोरेलको अर्धशतकसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि सानदार जित हात पारेको छ।

मंगलबार सम्पन्न खेलमा दिल्ली आठ विकेटले विजयी भएको हो। जितसँगै दोस्रो स्थानको दिल्लीले आठ खेलबाट १२ अंक पुर्‍याएको छ। समान खेल खेलेको गुजरात टाइटन्स १२ अंकसहित शीर्ष स्थानमा छ।

पराजित लखनऊको भने नौ खेलबाट १० अंक छ। लखनऊले दिएको १६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै १६१ रन बनाएको हो।

दिल्लीका ओपनर अभिषेकले ३६ बलमा पाँच चौका र एक छक्कासहित ५१ रन बनाए। करुण नैर १५ रनमा आउट हुँदा राहुल ५७ र कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे।

लखनऊका एडन माक्ररमले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले ३० रन खर्चिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले ६ विकेट गुमाउँदै १५९ रन बनायो।

लखनऊका ओपनर एडनले सर्वाधिक ५२ रन बनाए। ३३ बल खेलेका उनले दुई चौका र तीन छक्का प्रहार गरे। अर्का ओपनर मिचेल मार्शले ३६ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाए।

आयुष बडोनी ३६ रनमा आउट हुँदा डेभिड मिलर १४ रनमा अविजित रहे। दिल्लीका मुकेश कुमारले सर्वाधिक चार विकेट लिए।

चार ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। मिचेल स्टार्क र दुष्मन्थ चमेराको नाममा समान एक विकेट रह्यो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

Bajaj Pulsar Motorcycle Ad
अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य