उपाधिका लागि कुवेतसँग खेल्दै नेपाल

काठमाडौं। नेपालले चारदेशिय टी–२० सिरिजको उपाधिका लागि आइतबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
शुक्रबार लिग चरणको अन्तिम खेल नेपाल र हङकङ भिडिरहेका थिए। तर, खेल नौ ओभर पुग्दा नै वर्षाको कारण रद्द भएपछि नेपाल अपराजित रहँदै फाइनलमा पुग्न सफल भएको थियो।
नेपालले तीन खेलमा जित निकाल्यो। यता, कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो। नेपाल र कुवेतबीचको खेल बिहान ११:१५ बजे हुनेछ।
नेपाल र कुवेत यसअघि दुईपल्ट भिडेका छन्। ती दुवै खेलमा नेपाल अपराजित छ। सन् २०१९ मा आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय फाइनलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको थियो। उक्त खेलमा पारस खड्काले सर्वाधिक ६८ रन बनाएका थिए।
यस्तै, ज्ञानेन्द्र मल्ल १९ र दीपेन्द्रसिंह ऐरी एक रनमा आउट भएका थिए। अहिले मल्ल नेपाली टोलीको प्रशिक्षकको भूमिका छन्। उक्त खेलमा खेलेका दीपेन्द्र, रोहितकुमार पौडेल, करण केसी र सोमपाल कामी यही सिरिजमा छन्।
नेपालले दोस्रोपल्ट भने यही सिरिजमा कुवेतलाई हराएको हो। आफ्नो दोस्रो खेलमा नेपालले कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै कुवेतलाई ६ विकेटको नमिठो हार चखाएको थियो। नेपाल यो लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ। कुवेत भने उक्त दुई ठूला हारको बदला लिँदै उपाधि हत्याउने दाउमा हुनेछ।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)